मधेसी मोर्चाको बन्दले मधेसको जनजीवन प्रभावित

११ फागुन, काठमाडौं । स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् । बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् । बन्दकर्ताहरु भैरहवाको बुद्धचोकमा जम्मा रहेको कारण ठूला सवारी साधन चल्न सकेका छैनन् ।बैंक, वित्तिय संस्था, उद्योग कलकारखाना बन्द छन् ।

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

काठमाडौँ, फागुन ११ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उहाँका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याउनुभएको छ । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी हुनुभएको हो ।

नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल

काठमाडौँ, फागुन ११। नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन ।नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार चरणबद्ध वार्ता भएको थियो ।

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न, नायिका रेखा थापादेखी कोमल वली विजयी

काठमाडौँ, फागुन ११। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित हुनुभएको छ ।

आजदेखि संसोधन विधेयक संसदमा, के गर्ला एमालेले ?

काठमाडौं, फागनु ११ । आजदेखि व्यवस्थापिका संसदमा संविधान विधेयक सम्बन्धी प्रक्रिया अगाडी बढ्ने भएको छ ।सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७४ बैसाख ३१ गर्ने निर्णय गरेसंगै मधेसी मोर्चाले संविधान संसोधन नगरि निर्वाचनमा नजाने बताएको छ । मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर जाने मनसाय बनाएको सरकारले आज संसदमा संसोधन विधेयक अगाडी बढाउने निर्णय गरेको छ ।